चितवन । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।
साहरा चितवन सहकारी लिमिटेडको रकम गोर्खा मिडियामा गएको विषयमा बयानकालािग लामिछानेलाई चितवन लगिएको प्रहरीले जनाएको छ । उनलाई आज बिहान बुद्ध एयरको उडानमा चितवन लगिएको हो ।
लामिछानेलाई काठमाडौंबाट आज बयानका लागि चितवन लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।
काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्याइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।