काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारले तत्काल संसद्को हिउँदे अधिवेशन नबोलाए विषेश अधिवेशन माग गर्ने बताएका छन् ।
शुक्रबार प्रतिपक्षीहरुको बैठकपछि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलन क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनको प्रक्रिया थालनी नगरे आफूहरु विषेश अधिवेशन माग गर्ने बताएका हुन् ।
साझा व्यक्तव्य जारी गर्दै ‘हामी विपक्षी दलहरू संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशनको माग गर्छौं,’ प्रचण्डले भने ‘सरकारले तत्काल अधिवेशन प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाकारी र जनविरोधी काम जारी राखे कडा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छौं,’।