काठमाडौँ । काठमाडौँको तारकेश्वरमा मृत फेला परेको प्रहरी जवान युवराज घिमिरेको मृत्यु शंकास्पद देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका जवान घिमिरेको शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा शव भेटिएको थियो ।
शुक्रबार काममा नआएका घिमिरेको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएकाले घटना शंकास्पद देखिएको प्रवक्ता अधिकारीले बताए । घिमिरेको युनिफर्म र जुत्ता जलाएर फालेको अवस्थामा भेटिएको छ । अहिले शवको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत घिमिरे सामाखुसीमा डेरा गरी बस्थे ।