काठमाडौँ । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रुपमा काम गरिसकेका छन् । उनी विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशक समेत हुन् ।
सेजको कार्यकारी निर्देशक भएकै बेलामा निगमको समेत कार्यकारी पद हात पारेका छन् ।