काठमाडाैँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीहरुलाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् । बर्ताैँलाले संसद बैठकमा मन्त्रीकाे राजीनामा मागेका हुन् ।
उनले गएको पुस १३ गते सिंगो देशलाई रुवाउने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न पुस १६ गते बनाएको आयोगले भौतिक पूर्वाधार मन्त्रीको लापरवाही देखिएको भन्दै बर्खास्तीको माग गरेका हुन् । आयाेगले फागुन ४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
आयाेगले बुझाएकाे प्रतिवेदनमा मन्त्रीको लापरबाही देखिदा पनि मन्त्री अझै बहाल रहेको भन्दै बर्खास्त गनुृपर्ने माग राखेका हुन् । ‘प्रतिवेदनले निष्कर्ष निकाल्यो बहालवाला भौतिक मन्त्री जसको लापरबाहीको कारणले गर्दा त्यो घटना घट्यो, दुई जना युवाहरुको ज्यान गयो । सरकारको आयोगले मन्त्री दोषी भन्यो । तर सरकारका मन्त्री निष्कर्ष निस्केको २८/३० घण्टा हुँदा समेत मन्त्री पदमा बहाल हुनुहुन्छ । ‘प्रधानमन्त्रीले दोषी देखिएका मन्त्रीलाई बर्खास्त गरेको सूचना हामिले पाएनौँ ।’
त्यस्तै उनले मन्त्रीलाई जोगाएर कर्मचारी र सिपाहीलाई कारबाही गर्ने खेल भइरहेको पनि संकत गरे । उनले थपे, ‘हामीले सुन्दैछौँ सामान्य सिपाहीहरुलाई कारवाहीको डण्डा, मन्त्रीलाई उन्मुक्ति यो हुन सक्दैन । सिपाहीलाई डण्डा मन्त्रीलाई झण्डा, जनतालाई ऐन ठूला मन्त्रीहरुलाई चैन यो कुन खालको बिधिको सासन हो ? सरकारको सुशासन यही हो ?’ बर्तौलालाले प्रश्न गरे। ।
उनले भौतिक मन्त्री मात्र नभएर सम्पूण प्रसशासनको नतृत्व गर्ने गृहमन्त्री जोडिने अवस्था रहेको बताउँदै घटनामा जोडिएका मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाउन माग गरे ।