काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व गृहमन्त्री एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिदैँ छ। जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि शुक्रबार अपरान्ह लामिछानेले सीआईबीको प्रहरीलाई पार्टी कार्यालयमा गिरफ्तारी दिएका थिए । उनलाई लिएर प्रहरीको गाडी स्थलमार्ग हुँदै पृथ्वी राजमार्ग भएर पोखरातर्फ लागेको छ ।
रविलाई लिएर गएको प्रहरी गाडीको अघि एक प्रहरीको भ्यानले स्कटिङ गरेको छ भने त्यसपछि रवि सवार गाडी र पछिपछि रास्वपाका कार्यकर्ताहरूले उनलाई स्कटीङ गरेका छन् ।
रविको सुरक्षाका लागि भन्दै पार्टीको ¥यापिड एक्सन फोर्स ९¥याट० को टोली प्रहरीसँगै छ । यस्तै, रविको कानुनी प्रतिरक्षाका लागि अधिवक्ता डा। नारायाणदत्त कडेल र रविलाई पक्ष्याउँदै सञ्चारकर्मीहरूको टोली पनि सँगै छन् ।
कास्की जिल्ला अदालतले सहकारी ठगीमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति जारी गरेपछि रविलाई पक्रिन प्रहरी परिचालन भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीको अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली शुक्रबार अपरान्ह रास्वपाको पार्टी कार्यालय चमती बनस्थली पुगेको थियो । साँझ पौने ७ बजे रविले सयौँ कार्यकर्ताका अघि प्रहरीलाई गिरफ्तारी दिएका थिए ।