काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले ललितपुरको लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
आयोगले मेयर महर्जन सहित ४ जना नगरपालिकाका कर्मचारी र ९ जना क्रसर सञ्चालक गरि १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले उत्खनन् भएका सामाग्रीहरु सरकारी दररेटनै कम कायम गरी ठेक्का दिएको आयोगको आरोप छ । आयोगको अभियोगपत्रमा उनीहरुले रेटमा छल गरेर राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको उल्लेख छ ।
उनीहरुविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दै कुल एक अर्बभन्दा बढी बिगो माग दाबी गरेको छ ।