केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्, ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’

सिधाकुरा

पर्सा । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी)मा ‘विटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’को छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी निशान्तकुमार झाले नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार अझै पनि भुल्न नसकेको बताए। 

केआइआइटीमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फ्रेबुअरी १६ तारिख (फागुन ४ गते) आफू बस्ने होस्टलको कोठामा आत्महत्या गरेसँगै उत्पन्न भएको असहज परिस्थितिले नेपाली विद्यार्थीको मनोविज्ञान नराम्रोसँग प्रभावित भएको उनले उल्लेख गरे । 

“प्रकृतिको घटना हुनुअगावै सोही दिन त्यहाँ भारतीय र्यापर बादशाहको साङ्गीतिक कार्यक्रम तय भइसकेको थियो । त्यसैले नेपाली विद्यार्थीहरू पनि सो कार्यक्रमप्रति निकै उत्साहित थियौँ”, धनुषाको विदेही नगरपालिका–३ स्थायी घर भई त्यहाँ अध्ययरत विद्यार्थी झाले भने, “नेपाली विद्यार्थीले प्रकृतिको घटनामा कुनै कमीकमजोरी नहोस् भनेर कलेज प्रशासनलाई अनुरोध ग¥यौँ । तर, कलेज प्रशासन सुनुवाइ नगरेपछि घटनाको प्रमाण नष्ट नहोस् भनेर दबाब दिने योजनासहित शान्तपूर्वक रूपमा आन्दोलन पनि ग¥यौँ ।” 

विद्यार्थीको प्रदर्शन चर्केपछि फ्रेबुअरी १७ तारिखमा केआइआइटीका रजिष्ट्रारले नेपाली विद्यार्थीलाई अर्को सूचना जारी नभएसम्मका लागि तत्काल छात्राबास छाड्नका लागि निर्देशन दिएका थिए । झाले कलेज प्रशासनले एकएर्फी ढङ्गले नेपाली विद्यार्थीले छात्राबास छाड्नुपर्ने सूचना जारी गरेपछि नेपाली विद्यार्थीको मनोबल खस्किएको स्मरण गरे । 

“नेपाली विद्यार्थीलाई ‘बाउन्सर’ लगाएर अपमानजनक ढङ्गले निकाल्ने प्रयास गरियो । सो घटनाले हाम्रो मन साह्रै कुडिएको छ”, उनले भने, “हाम्रै कतिपय साथीभाइ कुटपिटको कारणले घाइतेसमेत बन्नुभयो ।” 

विद्यार्थी झाले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई बसमार्फत कुर्दह, पुरी भुवनेश्वरलगायत फरक–फरक रेल्वे स्टेशनमा छाडेको बताए । “अधिकांश नेपाली विद्यार्थीसँग नेपाल फर्किनका लागि आवश्यक पैसासमेत थिएन”, उनले भने, “म आफैँं पनि दाइको साथीसँग पैसा सापटी मागेर नेपाल फिर्ता आएको हुँ ।”

केआइआइटीमा छैटौँ सेमेष्टरमा फेसन डिजाइन अध्ययनरत एक नेपाली छात्राले घटना हुने दिन मृतक लम्सालले आफूसँग जुत्ता मागेको पनि स्मरण गरिन्। “प्रकृति र म फरक–फरक विषय लिएर अध्ययन गर्ने भए पनि बेलाबखतमा भेटघाट भइरहन्थ्यो । घटना हुने दिन पनि प्रकृतिले मलाई जुत्ता दिनका लागि अनुरोध गरेकी थिइन । मैले सहजै भइहाल्छ नि भन्ने जवाफ फर्काएकी थिएँ”, वीरगञ्ज स्थायी घर भएकी नाम खुलाउन नचाहने ती छात्राले भनिन्, “घटना भएकै दिन प्रकृतिसँग मेरो कुराकानी भएको थियो । उनले आधा घण्टाभित्रै जुत्ता लिन आउने बताएर आफ्नो होस्टेलतर्फ लागेकी थिइन् । तर, कहिल्यै नआउने गरी अस्ताएकी छन् ।” 

ती छात्राले प्रकृतिले कुन कारणले आत्महत्या गर्ने परिस्थितिमा पुगिन् भन्ने विषयमा स्वतन्त्र ढङ्गले खोज तथा अनुसन्धान गर्न आवश्यक रहेको बताइन् । “प्रकृतिको मृत्युपछिको असहज परिस्थितिले नेपाली विद्यार्थीलाई नेपाल फर्किन पनि निकै कष्टकर भएको थियो”, उनले भनिन्, “कलेज प्रशासनले एक्कासी छात्राबास छाडेर जाउँ भन्दा राज्य नभएको महसुस ग¥यौँ ।”

केआइआइटीमा बिबिए दोस्रो सेमेष्टरमा अध्ययनरत नेपाली विद्यार्थी साहिरकुमार कलवार पनि कलेज प्रशासनले एक्कासी छात्राबास खाली गर्नुपर्ने सूचना दिएपछि समस्याका बीचमा वीरगञ्ज फर्किएको दुखेसो पोखे । “म त्यहाँ अध्ययन गर्न गएको सात महिना पनि भएको छैन । भर्खंरै दोस्रो सेमेष्टरमा अध्ययन गर्दै थिएँ”, उनले भने, “एक्कासी होस्टेल छाड भनेपछि समस्या आइप¥यो । कहाँ जाउँ के खाउँ भन्ने चिन्ताले सतायो । साथीभाइसँग पैसा सरसापट गरेर कैयौँपटक रेल र बस परिवर्तन गरेर बल्लबल्ल फ्रेबुअरी १९ तारिखको बेलुकीपख वीरगञ्ज घरमा आइपुगेको हुँ ।” 

कलवारले निकै सास्ती खेप्दै वीरगञ्ज फर्किएको बताए । “यति धेरै दुःख झेलेर आइयो । त्यो कहालीलाग्दो क्षण भुल्न पनि सकेका छैनौँ”, उनले भने, “हामीले यस्तो भोगे पनि हामीजस्तै अन्य कुनै पनि नेपाली विद्यार्थीले यस्तो समस्या भोग्नु नपरोस् ।” 

केआइआइटीबाट फ्रेबुअरी १८ मा घर फर्किएका बाराका अमन कुशवाहले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई स्वदेश फर्कन पनि पर्याप्त समय नदिएको गुनासो गरे । “नेपाली विद्यार्थी निकै झन्झट व्यहोरेर स्वदेश फर्किएका छौँ”, उनले भने, “हामीले भुवानेश्वरबाट बस रिर्जभ गरेर वीरगञ्ज फर्किएका हौँ ।” 

केआइआइटीमा अध्ययरत गर्दै आइरहेका विद्यार्थी वीरगञ्जमा फर्किएपछि आज बिहान वीरगञ्जको घण्टाघरचोकमा प्रदर्शनी गरेका छन् । मृतक प्रकृति लम्सालको न्याय र त्यहाँ अध्ययनरत विद्यार्थीले सहज वातावरणमा अध्ययन गर्न पाउने वातावरण सृजना गर्नका लागि विद्यार्थीले नेपाल सरकारसँग माग गरेका छन् । 

केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थीले आज प्रकृतिलाई मर्न बाध्य पार्ने युवकलाई कारबाही हुनुपर्ने माग राखेका छन् । स्वदेश फर्किएका नेपाली विद्यार्थीले केआइआइटीमा कार्यरत रहेर नेपालको बजेटसँग सम्बन्धित छुद्र टिप्पणी गर्ने दुई महिला कर्मचारीलाई आजीवन कलेजबाट निष्काशन गर्नुपर्ने, नेपाली विद्यार्थीमाथि कुटपिट गर्नेलाई आवश्यक कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

केआइआइटीमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुशवाहले नेपाल सरकारले कलेज प्रशासनसँग समन्वय गरेर नेपाली विद्यार्थीलाई कुनै किसिमको दुर्व्यवहार नहुने सुनिश्चिता गरेको खण्डमा फेरि फर्कन सकिने बताए । “सरकारले विद्यार्थीको सुरक्षा र भविष्यमा कुनै अप्ठेरो नपर्ने सुनिश्चित गरेको खण्डमा त्यहाँ फर्किएर आफ्नो अध्ययनलाई अघि बढाउन चाहन्छौँ”, उनले भने ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबार बेलुकासम्म एक सय ५९ विद्यार्थी रक्सौल नाका हुँदै स्वदेश फर्किएका जानकारी दिए । “जिल्ला प्रशासन कार्यालयले फर्किएका विद्यार्थीलाई आवश्यक सहजीकरण गर्दै आइरहेको छ”, उनले भने । 

सहायक प्रजिअ कार्कीका अनुसार फर्किएकामध्ये एक सय २७ छात्र र ३२ जना छात्रा रहेका छन् । केआइआइटीमा करिब एक हजार पाँच सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययन गर्दै आएका जनाइएको छ । 

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||