काठमाडौं। माध्यमिक शिक्षा परीक्षा ९एसईई० आजदेखि सुरु भएको छ । पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीहरुले एसईईको आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी भएका छन् ।
उनीहरु मध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिकतर्फका छन् भने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी छन् ।
परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । यस वर्षको एसईईमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।