२८ भदौ, काठमाडौं । हेटौंडामा डाक्टरमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन चिकित्सक संघले अल्टिमेटम दिएको छ । बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सरकारलाई अल्टिमेटम दिएको हो । उक्त समयभित्र घटनामा संलग्न दोषीलाई बारबाही नगरे आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
बुधबार हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो ।डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ थिए । तर उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए ।
उक्त विषयमा नेपाल चिकित्सक सङ्घको आज प्रधानमन्त्रीलाइृ पनि ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री पुष्प कमल दाहालले दोषीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।