कठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ । शुक्रबार बिहान पौने ११ बजे लैनचौरस्थित संस्थानको कार्यकक्षमै उनीमाथि हातपात र मसी पोख्ने प्रयास भएको हो ।
तीन जनाको समूहमा आएका युवाहरूले हातपात र मसी छर्ने प्रयास गरेको र सो क्रममा आफूले प्रतिकार गर्दा खुट्टामा चोट लागेको झाले सिधाकुरालाई बताए । ‘एक्कासि कार्यकक्षमा छिरेर दुर्व्यवहार गरे ,’झाले भने, ‘आफूले प्रतिकार गरेपछि उनीहरु झेला र जुत्ता समेत छोडेर भोगे ।’
उनीहरूको आक्रमणबाट खुट्टामा चोट लागेको पनि झाले बताए । यता झालाई दुर्व्यवहार गर्ने समूहले भने आफूहरू क्रान्तिकारी युवा संगठनको कार्यकर्ता भएको दाबी गरेको छ ।