बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा प्रकाउ परेका अरुण चौधरी सहित दुई जनालाई प्रहरी केन्द्रिय अनुसन्धान व्युरो सिआइबीले सरकारी वकिलको कार्यालय पुर्याएको छ ।
छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरी म्याद थपका लागि सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको हो ।
प्रहरीले पक्राउ गरेकाहरुमा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर रहेका छन् । थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।