कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छः मुख्यमन्त्री कार्की

सिधाकुरा

कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन। यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुईपटक मुख्यमन्त्री बनेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता कार्कीले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका छन् ।  विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका कार्की नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्षको भूमिकामा रहेका थिए । उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा पनि पुनः सोही क्षेत्रबाट निर्वाचित भए। प्रदेश १ को स्थापनाकालीन मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका कार्कीले तीन वर्ष ७ महिना सो पदमा रहेर काम गरे । प्रस्तुत छ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीसँग राससकर्मी कृष्ण अधिकारी र कालिका खड्काले गरेको कुराकानी । 

प्रदेश संरचनालाई अझ बलियो बनाउन के गर्नुपर्ने देख्नुहुन्छ ? 

नेपालको नयाँ सविधानले सङ्घीय संरचना स्थापना गर्दा प्रदेश सरकारको व्यवस्था गरेको १० वर्ष भए पनि सङ्घीयता कार्यान्वयनमा आएको सात वर्ष भएको छ । यो अवधि आफौमा लामो होइन, यसबीचमा गुणात्मक नतिजा पाउन सकिन्छ । यद्यपि, अझै गर्न सकिने धेरै हुन सक्थ्यो । राजनीतिक स्थायित्वमा ध्यान नदिँदा सोचेअनुरुप हुन नसकेको यथार्थ हो । खासगरी भौतिक पूर्वाधारका निर्माणका कार्यहरु ३० औँ वर्षमा नभएका कामहरु पनि यस अवधिमा भएका छन् । सडक, पुललगायतका संरचनागत विकासहरु भएका छन् । कोराना कहर, भूकम्पको समयभन्दा बाहेक केपी शर्मा ओली पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा निकै आर्थिक उन्नति भएको थियो ।

नेपालको सन्दर्भमा प्रदेश संरचना चाहिन्छ । यसले जनतालाई छिटो र प्रभावकारी ‘डेलिभरी’ दिन सक्छ भन्ने भएको छ । अध्ययन गरेर हेर्नु भयो भने आम जनताले अनुभूति गर्ने नजिकको सरकार प्रदेश सरकारले भएको छ । त्यो जनतालाई चाहिन्छ भन्ने छ । यस्का केही अप्ठयारा पनि छन् । पर्याप्त जनशक्ति, आर्थिक स्रोतको कमी, राजस्व बढाउने क्षेत्र पनि धेरै छैन । नेपाल सरकार र संघीय संरचनाले पनि अधिकार प्रत्योजन गर्ने खालको छैन । विकासको दृष्टिकोणमा धेरै फड्को मारेको छ । सात वर्षको इतिहासमा संरचनागत विकासमा प्रदेश सरकार निकै अगाडि छ ।

प्रदेश सरकारले काम गरि रहे पनि यसको औचित्यमाथि किन प्रश्न उठाउने गरिएको छ ?

सामाजिक सञ्जालमा केही अभिव्यक्ति पनि आएका छन् । नेपाल करिब ३०० वर्ष लामो एकात्मक राज्यव्यवस्था भएको मुलुक होे । यस्तो मुलुकमा सङ्घीयता र त्यो पनि धेरै अधिकार दिने कुरामा केन्द्रीय संरचना तयार भएन । तीन संरचना बराबर अधिकार भएको किन चाहियो भन्ने प्रश्न उठेको छ । संविधानको एकल सूचीमा राखिएका अधिकार पनि बलियो भएन भने साझा सूचीका अधिकारहरुमा पनि अन्यौलता रह्यो । किन चाहिन्छ भन्ने कुरामा माहिलो संरचना उपेक्षित पनि हुन्छ । राजा हरिषचन्द्रको कथा हामीले पढदा पनि तीन छोरामा जेठो बाबुको कान्छो सानो भएर आमाको माइलो बेचिन गयो भन्ने छ नि । त्यही कथाकै रुपमा प्रदेश संरचनालाई कमजोर बनाइएको छ । हिजो संविधानसभामा संविधान बनाउनेहरु पनि प्रदेश संरचना चाहिदैन जसरी बोलिरहेका सुनिन्छ  तर आम जनताको इच्छा भने प्रदेश संरचना चाहिन्छ भन्ने नै छ । 

संविधानको अनुसूची ६ मा उल्लेखित प्रदेश संरचनाको एकल अधिकारको प्रभावकारी कार्यान्वयन गर्न कठिनाइ भएको हो ?

प्रदेश संरचनाको एकल अधिकारको प्रभावकारी कार्यान्वयन गर्न नीति बनाउने हो । कानुन बनाएर अघि बढ्ने हो तर कानुन बनाउने अधिकार हामीलाई छैन । सङ्घले दिएको कानुनअनुसार बनाउनुपर्ने हुन्छ । कानुन बनाउन आवशयक जनशक्ति आफैँ नियुक्त गर्न सक्दैनौँ । कानुनको सहसचिव, केही उपसचिव, धेरै अधिकृतको दरबन्दी तय गरिएको छ तर सङ्घले समयमा पठाउन नसक्दा कानुन बनाउन ढिलाइ भएको छ । सङ्घीय निजामती ऐन नआउँदा काम गर्न कठिन भएको छ । यद्यपि, प्रदेश संरचनाले आफनो स्रोत, साधनकै प्रयोग गरेर छोटो अवधिमा धेरै काम गरेको छ । 

प्रदेश सरकारको कति कानुन बनाउन बाँकी छन् त ?

पाँच दर्जन कानुन बनाइसकेका छौँ । प्रदेशसभा यही माघ ७ गतेबाट आरम्भ हुन्छ । यहाँ केही नयाँ बनाउँदै र केही संशोधन गर्छांै । यो आर्थिक वर्षमा ६०÷६५ वटा कानुन बनाइसक्छाँै । सङ्घीय कानुन नआउँदा कानुन बनाउन सकिएको छैन । निजामती कर्मचारीको क्षेत्रमा कानुन बनाएका छौँ । सङ्घीय निजामती ऐन आउनेबित्तिकै संशोधन गर्छौं । राजनीतिक दलहरु २०७७ सालदेखि नै फुट्ने खालको प्रसङ्ग भइरहयो । राजनीतिक अस्थिरताले पनि कठिनाइ भयो । यसपटक हामीले संसद्लाई पूर्ण ‘विजनेस’ दिने गरी काम गर्दैछाँै । दश दर्जन जति कानुन नयाँ र पुराना गरी बनाउँदैछाँै । कानुन बन्ने कुरामा दण्ड जरिवाना गर्ने, मान्छे थुन्ने अधिकार प्रदेशसँग छैन । सामान्य भाषामा भन्नुपर्दा प्रदेशसँग बन्दुक र सन्दुक पनि गतिलो छैन । प्रहरीले माथिकै आदेश आएअनुसार काम गर्छ । त्यस्तो कानुनहरु पनि नेपाल सरकारले बेलामा बनाउनुपर्छ जस्तो लाग्छ ।  

तपाइँ पछिल्लोपटक मुख्यमन्त्री भएपछि भ्रमण वर्ष मनाउने घोषणा गर्नुभएको छ, यसको तयारी कस्तो हुँदैछ ?

आगामी दिनमा कोशी प्रदेशमा पर्यटन विकास गर्न, आर्थिक समृद्धि गर्नका लागि आधारशीला तयार गर्न भ्रमण वर्ष मनाउने तयारी गरेका छाँै । माघको दोस्रो हप्तामा बैठक बसेर वर्षभरिको कार्यक्रम तय गर्छांै ।  राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन भित्र्याउन सहयोग पुग्छ । त्यसले आर्थिकरुपमा सहयोग पुग्छ । कोशी प्रदेश प्राकृतिक सुन्दरताको हिसाबले निकै सुन्दर छ । नेपालमा लगानीका सम्भावना पनि छन भन्ने देखिन्छ । कृषि उत्पादन, चियालाई ‘ब्रान्डिङ’ गरेर निर्यात गर्न सकिन्छ । यो प्रदेश धार्मिक पर्यटकको पनि निकै सम्भावना रहेको क्षेत्र हो । भ्रमण वर्षले कोशीका साथै सिङ्गो लाभ लिन सक्छ । नेपालको आर्थिक विकासका लागि धार्मिक पर्यटक, हिमाल आरोहण, खेलकुद, धार्मिक पर्यटनको सम्भावना धेरै छ । नेपालमा हिन्दूहरुको आराध्यदेश पशुपतिनाथ छ । छिमेकी मुलुक भारतमा हिन्दूको सङ्ख्या ८० करोडभन्दा बढी छ । उनीहरु पशुपतिनाथको दर्शन गर्न नेपाल आउँछन् । पाथीभराबाट बराह क्षेत्र हुँदै मुक्तिनाथ भएर पश्चिम जाने हो भने पनि सयौं हिन्दूधर्मका तीर्थस्थलहरु छन् । त्यस्तै नेपालमा विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मिएको लुम्बिनी छ । मित्रराष्ट्र चीनसहित पूर्वी एसियामा एक अरब वुद्धधर्म मान्ने मानिस छन् । सुरक्षा, बाटो र पूर्वाधार तयार भएका वार्षिक एक करोड बुद्धधर्म मान्ने पर्यटक नेपाल आउँछन् । यसका लागि पूर्वाधार तयार गर्न ध्यान दिनुपर्छ । सुरक्षा र बसोबासको राम्रो व्यवस्था भए वर्षमा एक करोड भारतीय धार्मिक पर्यटक नेपाल आउँछन् । त्यही कुरामा केन्द्रमा राखेर भ्रमण वर्ष मनाउन लागि भएको हो । 

कोशी प्रदेशमा पहिलोपटक लगानी सम्मेलन हुँदैछ, सम्मेलन आयोजना गर्नुको मुख्य उद्देश्य के के छन् ?

लगानी सम्मेलनमा माघमै गर्ने योजना गरेका थियो । केही तयारी थप गर्नुपर्ने भएकाले आगामी वैशाख १८ र १९ गते कोशी प्रदेशमा गर्ने तय गरेका छौँ । नेपालभित्र लगानी गर्ने सम्भावना र गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न चाहनुहुन्छ । लगानी गर्न विदेशहरु पनि नेपालमा आउने वातावरण बनाउँदैछौँ । अहिलेसम्म करिब कृषि, पर्यटन, संरचना निर्माण, शिक्षा स्वास्थ्यलगायतका एकसय परियोजना प्रस्ताव तयार गरेका छन् । ४०÷५० वटा बलिया प्रस्तावहरु छन् । तीमध्ये २०÷२५ वटामा मात्र सम्झौता भयो भने राम्रो हुन्छ । गैरआवासीय नेपालीलाई लगानी गर्न दश वर्ष नेपालमा बस्न दिने व्यवस्था गर्न सकियो भने राम्रो हुन्छ । यसले कोशीमा रोजगार, आर्थिक चहलपहल, पर्यकीय केन्द्र बनाउन स्थापित गर्ने प्रयास गर्नेछौँ । आर्थिक पक्ष सबल बनाउने प्रयत्नमा छौँ । 

कोशी प्रदेशले चिया सम्मेलनको आयोजना गर्दैछ ? चिया सम्मेलनको मुख्य उद्देश्य के हो ?

यो आर्थिक वर्षको महत्वपूर्ण कार्यक्रम हो । वैशाख अन्तिम र जेठको दोस्रो हप्तामा इलाम र कन्याममा गर्दैछौँ । नेपालमा उत्पादन हुने चिया ९० प्रतिशत चिया कोशी प्रदेशमा उत्पादन हुन्छ । यो चिया अन्तर्राष्ट्रिय बजारमा गई पनि रहेको छ । तर राम्रो ढङ्गले ‘ब्रान्डिङ’ गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्य लिएर यो सम्मेलन गर्न लागिएको छ । चियाको समग्र विषयमा जानकारी दिइन्छ । प्रत्येक शनिबार कन्याममा घुम्न आउने दश हजार पर्यटक हुन्छन् । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगी, व्यापारी, कृषक ल्याएर छलफल गर्नेछाँै । उच्च मुनाफा कमाउने योजना छ । यो महत्वपूर्ण कार्यक्रम हो ।

तपाइँ मुख्यमन्त्री बन्नु भएपछि कोशी प्रदेशमा सम्झनालायक कामहरु के कस्ता भएका छन् ?

कोशी प्रदेश र नेपालकै विकासका लागि ‘गेमचेन्जर’को रुपमा विभिन्न योजनाहरुलाई लिइएको छ । पैदलमार्गका आधारमा पर्यटन प्रवद्र्धन गर्न केही योजनाहरु तय गरिरहेका छौँ । सत्ता हुँदा र नहुँदा म निकै लागँे । गत वैशाख २७ गते अर्थ मन्त्रालयमा सम्झौता भयो । स्वीस सरकारले एक अर्ब ३५ करोड पदमार्ग निर्माण गरी पर्यटन विकासका लागि पैसा दिने भयो । नेपालले रु एक अर्ब १० करोड गरी दुई अर्ब ४५ करोडमा चारवटा पदमार्ग निर्माण हुनेछ । जम्मा चार सय मिमि छ । चारवटा पदमार्ग छन् । त्यसमा चियाबारी पदमार्ग सूर्यदय नगरपालिका इमालमा १८÷१९ किमि रहेको छ । दोस्रो महागुरु फाल्गुनन्द पदमार्ग पाँचथरबाट इलामसँग जोडिने ३८ मिमि छ । लालीगुँरास पदमार्ग तेह्रथुुम, धनकुटा, सङ्खुवासभा, भोजपुर र उदयपुर जोडिने १६० किमि रहेको छ । त्यस्तै, चौथो पदमार्ग मुन्दुम पदमार्ग रहेको छ । यो उदयपुर, भोजपुर, सङ्खुवासभा र खोटाङका जिल्लामा जोडिन्छ । ती बनाउने सम्झौता भएको छ । साउनबाट सुरु गरी आगामी साउनसम्म यो काम पूरा गर्ने सहमति भएको छ । स्वीस सरकार, नेपाल सरकार, प्रदेश सरकारको नेतृत्वमा यो काम भइरहेको छ । पदयात्राले बसाइँसराइ रोक्ने, पर्यटक वृद्धि गर्ने, रोजगारमा वृद्धि गर्छ । प्रदेश सरकारको माइलस्टोन कार्यक्रम हो । कुनै पनि प्रकारको बन्द, हडताल नभएमा तोकिएकै समयमा निर्माण सम्पन्न हुन्छ । ठूलो पर्यटकीय आर्कषणको केन्द्र बन्छ । सबैलाई सहयोग गर्न म आग्रह पनि गर्छु । यसुले प्रदेश संरचना आफैँमा स्थापित हुन्छ । 

अर्को महत्वपूर्ण काम नेपाल सरकारको कर्जा सुरक्षण तथा लगानी कोषबाट सम्झौताको नजिक पुगेका छौँ । यसमा सूचना प्रविधिका लागि एक हजार युवायुवतीलाई रोजगार दिने परियोजना छ । कोशी प्रदेश सरकार कोशी भएको भर्खर दुई वर्ष भएको छ । धेरै सल्लाह, सबैको सामूहिक प्रयत्नमा कोशी प्रदेश नामाकरण म मुख्यमन्त्री हुँदा भएको हो । कोशी सबैको साझा नाम हो । एकल जातको मात्र नाम होइन । प्रदेश संरचनाले राजस्व लक्ष्य पूरा गरेका छैन । राजस्व लक्ष्य गतवर्ष रु चार अर्ब ९८ करोड थियो । अहिले पनि त्यही छ । गत वर्षभन्दा हामीले २० प्रतिशत राजस्व वृद्धि गर्ने योजना बनाएका छौँ । प्रदेशमा सकेसम्म राजस्व आफैँले धान्ने तयारी गर्दैछौँ ।

अन्त्यमा, सामाजिक न्यायसहितको समृद्ध प्रदेश बनाउने तपाइँको योजनाअनुसार कसरी काम भइरहेका छन् ? 

नेपालको संविधानले प्रदेश संरचना तय गरेको छ । यो नेपाली जनताको महत्वपूर्ण उपलब्धि हो । संविधानको अनुसूची ६ मा एकल अधिकार दिएको छ । त्यो अधिकारको प्रभावकारी उपयोग गर्न सकिएको छैन । रोयल्टी २५ प्रतिशत मात्रै छ । त्यसलाई ५० प्रतिशत बनाउनुपर्छ । राजस्व बाँडफाँट १५ प्रतिशत छ, त्यसलाई २५ प्रतिशत बनाइनुपर्छ । आर्थिक अधिकार दिंदा प्रदेश सरकार बलियो हुन्छ । स्थानीय तहले गर्न नसकेका प्रदेशलाई र प्रदेश गर्न नसक्ने स्थानीय तहलाई अधिकार दिन सकिन्छ । संविधान संशोधनको माध्यमबाट प्रदेशलाई थप बलियो र दिगो बनाउन जरुरी छ ।

प्रतिक्रिया

Sidhakura Investigation

सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....

  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||

  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||
  • रविको थुनछेक बहसको आदेश आउँदै, पोखरामा के भइरहेको छ ? || Rabi....
  • रवि लामिछानेका वकिलको थुनछेक बहसः अदालतमा के के भयो ? || SIDHAKURA....
  • दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित ||....
  • हाेसियार ! असुरक्षित छ बैंक खाताको पैसा, एफवान् सफ्टको ‘इन्टरनेट बैङ्किङ’ असुरक्षित....
  • रविको राजनीति सक्न कानुन परिवर्तन ! || SIDHAKURA ||
  • ज्यान मार्ने उद्योगका अभियुक्तलाई ओलीद्वारा पार्टीमा भब्य स्वागत || SIDHAKURA ||
  • एनसेलको गैरकानुनी धन्दा, कारबाही गर्न सर्वोच्चको आदेश || SIDHAKURA ||
  • जुँगाको लडाइँ उपेन्द्र र प्रदीप यादवको, २१० क्विन्टल धानमा आगाे लाग्याे हरिन्द्रको....
  • घटना नं ५ : रवि माथि हिरासतमै अमानविय व्यवहार, मानव अधिकार आयोग....
  • भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....
  • प्रधानमन्त्रीको अफर नमान्दा संसदीय छानबिन समिति देखि हिरासतसम्म || SIDHAKURA ||
  • रविमाथि लागेको राज्यः अनुसन्धान कम, प्रतिशोध बढी || STATE IMPOSED UPON RABI....
  • F1 Soft को बैंक खाताबाट ३ करोड गायब, हुण्डीको आशंका || SIDHAKURA....
  • रविको भाइरल तस्बिरको नालीबेली || SIDHAKURA ||
  • साझा पेट्रोल पम्पको बदमासी : ५० लिटर डिजेल भर्दा ३२ लिटर पानी....
  • रविलाई ८औं म्याद थप्दा इजलासमा जे भयाे..। || SIDHAKURA ||
  • इजलासमा न्यायाधीशसामू रवि लामिछाने : ममाथि पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायाङ्कन भइरहेको छ....
  • यस्तो छ चितवन प्रहरीको अत्याचारबारे रवि लामिछानेले मानव अधिकारकर्मीलाई दिएको बयान ||....
  • नविकरण भएका राहदानी नदिँदा पोर्चुगलका हजारौँ नेपाली समस्यामा || SIDHAKURA ||
  • एमालेका पूर्वमन्त्रीलाई किन चलेन मुद्दा ? यस्तो छ प्रहरीलाई दिएको लज्जास्पद बयान....
  • FACEBOOK मा रविको समर्थन र ओलीको विरोध गर्दा सांसदलाई निलम्बन || SIDHAKURA....
  • डेढ बर्षदेखि बिग्रेको भ्यानमा डिजेल खर्च देखाएर भ्रष्टाचार || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय हवाइ टिकटमा इसेवाको लापरवाही : यात्रुलाई जानकारी नदिई टिकट क्यान्सिल ||....

Current Affairs

‘कार्यालय नै खाली गरेर सरकारी वकिल....

  • ‘कार्यालय नै खाली गरेर सरकारी वकिल रविविरुद्ध बहस गर्न आए’ || SIDHAKURA....
  • उत्तरी अमेरिकामा भीषण हिउँदे आँधीले संकटकाल, नेपालीहरु पनि प्रभावित || SIDHAKURA ||
  • छुटेपछि रविले भने, ‘न्याय मरेको छैन भन्ने आभास भएको छ’ || Rabi....
  • अदालतकाे आदेश पछि रविलाई ९३ वर्षिय आमाले दिइन आशिर्वाद || SIDHAKURA ||
  • कास्की प्रहरीमा धरौटी बुझाएर बाहिरिए रवि लामिछाने || SIDHAKURA ||
  • रविको रिहाईपछि रास्वपा सांसदहरु... || SIDHAKURA ||
  • रवि सहित ७ जनालाई धरौटीमा छाड्न भएको आदेश || SIDHAKURA ||
  • समितिमा सांसदको झण्डै हात हालाहाल... || SIDHAKURA ||
  • रवि किन निर्दोष छन् ? यस्ता छन् उनको पक्षमा बहस गरेका कानुन....
  • रविको थुनछेक बहस सकियो, कार्यवाहक सभापति डीपी अर्यालले के भन्छन् ? ||....
  • यी कारणले रवि लामिछाने छुट्ने ! यस्ता छन् वकिलका दलील || SIDHAKURA....
  • 7.0 MAGNITUDE EARTHQUAKE STRIKES TIBET-NEPAL || SIDHAKURA ||
  • समितिमा बाेल्दाबाेल्दै राेकेपछि रामहरि खतिवडाविरुद्ध जङ्गिए हृदयराम थानी || SIDHAKURA ||
  • रास्वपाको २५ घण्टे केन्द्रीय समिति बैठकले के गर्यो निर्णय ? || SIDHAKURA....
  • रास्वपा नेताको आक्रोस ! रविलाई सिध्याउन अध्यादेश ल्याउने, आफ्नालाई जोगाउने ? लाज....
  • ५ वर्षे भ्रष्टाचार सम्बन्धी हदम्यादबाट पछि हट्यो सरकार, सांसदहरुको प्रतिक्रिया || SIDHAKURA....
  • भष्ट्राचारको फाइल खोल्ने विषयलाई धम्कीको विषय बनाउन पाइँदैन : गगन थापा ||....
  • शेरादरबारबारे प्रचण्ड र गृहमन्त्रीको सवाल जवाफ || SIDHAKURA ||
  • केपी ओलीमाथि भिम रावलको विषवमन (पूरा भिडियो) || SIDHAKURA ||
  • तीनकुने जग्गा मुआब्जाबारे बालेन शाह: २ तिहाईको सरकारले केही गरेन || SIDHAKURA....
  • अधिकृतलाई सरुवा गर्न मन्त्रीका स्वकीयले मागे १० लाख घुस || SIDHAKURA ||
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल सात बर्षपछि छुट्टिने || SIDHAKURA ||
  • लेखासमितिमा एमाले माओवादीको चर्काचर्कीः सहकारीमा जोडिएका सभापतिको राजिनामा माग || SIDHAKURA ||
  • ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्लाई || SIDHAKURA ||
  • गगन थापालाई प्रश्नै प्रश्नः सहकारी देखि गिरिबन्धुसम्म के भने ? ?|| Gagan....