काठमाडौँ । सरकारले अगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट घोषणा गरेको छ । मंगलबार संसदमा अर्थमन्त्री वर्षमान पुनले साे आकारको बजेट घोषणा गरेका हुन् ।
बजेटमा चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुल बजेटको ६१ प्रतिशत बजेट बिनियोजन गरिएकाे छ । यस्तै, पुँजिगतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत रुपैयाँ बजेट बजेट विनियोजन गरिएकाे छ । यस्तै वित्तिय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।