काठमाडौं । बंगलादेशमा प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालय (गोनो भवन) प्रवेश गरेसँगै प्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ भागेकी छिन् । उनी सैनिक हेलिकप्टरमा चढेर सुरक्षित स्थानमा लागेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । कोटाविरोधी आन्दोलन अहिले सरकार विरुद्ध केन्द्रित भएपछि प्रधानमन्त्री हसिना सुरक्षित स्थानमा तर्फ लागेकी हुुन् ।
आन्दोलनका क्रममा आइतबार मात्रै ९० जनाको ज्यान गएको थियो भने अहिलेसम्म ३ सय बढीले ज्यान गुमाएका छन् ।
बंगलादेशका पत्रिका डिली स्टारका अनुसार आज दिउसो ३ बजे प्रर्दशनकारीहरु प्रधानमन्त्री भवन प्रवेश गरेका छन् ।
साथै आजै बंगलादेशका सेनापतिले देशको नाममा सम्बोधन गर्ने तय समेत भएको थियो ।