कपिलवस्तु । अर्थमन्त्री डा.प्रकाशशरण महतले कपिलवस्तुकाे कृष्णनगर भन्सारकाे अनुगमन गरेका छन् । अनुगमन क्रममा उनले कर्मचारीहरुलाई पारदर्शी र सरकारप्रति उत्तरदायी भएर काम गर्न पनि निर्देशन दिए ।
को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा कर्मचारीकाे मूल्यांकन हुने भन्दै मन्त्री महतले कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने भन्दै त्यसका लागि रिजल्ट चाहिने बताए ।
मन्त्री डा. महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए । उनले भने,‘अनावश्यक कसैलाई दुःख दिनु हुँदैन, आँखा चिम्लिनु पनि हुँदैन । जे जायज छ, त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ ।’
उनले नयाँ आएका कर्मचारीलाई अनुशासन र पारदर्शितामा ध्यान दिदैँ नयाँ आएका व्यवसायलाई करको सिस्टममा जोड्ने कि नजोड्ने भन्ने परम्परा त्याग्न पनि निर्देशन दिए ।