काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।
सभामुखले प्रतिनिभिसभा बैठकको कारबाही सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसले उठेर बिरोध जनाएको थियो । त्यसपछि नेपाली कांग्रसेका सासदहरुले रोष्टमअघि उभिएर नारबाजी गरेका हुन् ।
सभामुखले शुन्य र विशेष समयको कार्यसुची नरहेको जानकारी गराउँदै अवरोध नगर्न आग्रह गरेपनि कांग्रेसले आफ्नो अडान छोडेन । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसुची रहेको थियो ।