काठमाडौं । रक्सी खाएर महिलामाथि दुव्र्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । महिलामाथि दुव्र्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले बताए । उनलाई अहिले कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ । डीएसपी भट्टराई यसअघि २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।
मंसिर ८, २०८१ शनिबार |