काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा भैरहवामा विरोध प्रदर्शन भएको छ । सहकारी रकम अपचलन प्रकरणमा कात्तिक २ गते पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई सोमबार भैरहवा लगिने भएपछि समर्थकहरुले एयरपोर्टबाट प्रदर्शन सुरु गरेका हुन् ।
पोखराको सुर्यदर्शन सहकारीको अनुसन्धानका क्रममा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको अनुसन्धानका लागि लाने तयारी हुँदै गर्दा समर्थकहरु विमानस्थल परिसरमै जम्मा भएर प्रदर्शनमा उत्रिएका हुन् ।