दरबारमार्गलाई बालेनको ‘सरप्राइज’ !

लक्ष्मण गिरी , दिपेन्द्र थापामगर

काठमाडौँ । काठमाडौँको दरबारमार्गमा बिछ्‌याइएको ग्रेनाइट चिप्लिन्छ कि चिप्लिँदैन ? दरबारमार्गमा ग्रेनाइट बिछ्‌याउनु सही हो कि गलत ? अन्य ठाउँको फुटपाथमा रङ्गिन ब्लक बिछ्याइरहेको महानगरपालिकाले दरबारमार्गमा किन ग्रेनाइट बिछ्यायो ?

पछिल्लो समय सर्वाधिक चर्चामा रहेका र केही मानिसहरूले आलोचनात्मक रुपमा गरिरहेका प्रश्न हुन् यी ।


पछिल्लो समय काठमाडौँका विभिन्न शहरलाई नेवाः र पौराणिक शैलीमा ढाल्दै आएको काठमाडौँ महानगरपालिकाले दरबारमार्गमा भने ग्रेनाइट बिछ्यायो । गत आर्थिक वर्षको बजेटमै घोषणा गरिएको व्यवस्था अनुसार महानगरले यो परियोजना अघि बढाएको हो ।

काठमाडौँ महानगरपालिकाले १ करोड ४० लाख ७९ हजार ८ सय २५ रुपैयाँ लागतमा दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट बिछ्‌याउने कार्य सुरु गरेको हो । महानगरको आर्थिक वर्ष २०८०/८१ को बजेटबाटै स्वीकृत भएर सो काम सुरु भएको हो ।


महानगरले नारायणहिटी सङ्ग्रहालय अगाडिपट्टि प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट बिछ्याउँदै छ । महानगरको सार्वजनिक निर्माण विभागका अनुसार पैदलमार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म रहेको छ भने एक हजार ८ सय ७७ वर्ग मिटर क्षेत्रफलमा ग्रेनाइट बिछ्याइँदै छ ।

सो पैदलमार्गमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर 'बेस सोलिङ' गरिएको छ । त्यसभन्दा माथि 'ब्रिक सोलिङ' गरिएको छ । त्यसभन्दा माथि 'पिसिसी' ढलान गरेर ग्रेनाइट बिछ्‌याइएको छ । पैदलमार्गमा राखिएको ग्रेनाइट १६ एमएमसम्मको रहेको महानगरले जनाएको छ ।

सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले ग्रेनाइट बिछ्‌याउने ठेक्का पाएको थियो । २०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएपनि सो क्षेत्रमा ग्रेनाइट बिछ्याउने काम भने गत माघ १५ देखि सुरु भएको हो ।

२०८२ श्रावणभित्र निर्माण सक्नेगरि सम्झौता भएसँगै पछिल्लो समय निर्माण कम्पनीले सो क्षेत्रमा कामलाई तिव्रता दिएको छ ।

फुटपाथमा बिछ्‌याइएको ग्रेनाइट चिप्लिन्छ कि चिप्लिँदैन ?

महानगरले सो क्षेत्रमा ग्रेनाइट बिछ्‌याउन सुरु गरेसँगै केही आलोचकहरुले पानी पर्दा ग्रेनाइट चिप्लने र महँगो वस्तु सडकमा टाँसेको भन्दै प्रश्न गरिरहेका छन् ।

तपाईँ हाम्रो घरमा वा भनौँ व्यवसायिक कम्प्लेक्समा प्रयोग गरिने ग्रेनाइट प्राय चिप्लो हुन्छ । के त्यस्तै चिप्लो छ त दरबारमार्गमा प्रयोग भएको ग्रेनाइट ?

यो विषयमा केही दिनदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सो क्षेत्रमै गएर बिछ्‌याइएको ग्रेनाइटमाथि पानी हालेर प्रयोग समेत गरिसकेका छन् ।

उनीहरुले प्रयोगपश्चात् भनिरहेका छन्, - पानी पर्दासमेत ग्रेनाइटमा नचिप्लिने रहेछ ।

त्यतिमात्रै हैनन्, सो फुटपाथ भएर यात्रा गर्ने यात्रुहरू त्यहाँ रोकिएर पानी हालेर चिप्लिन्छ कि चिप्लिँदैनौ भनेर प्रयोग समेत गर्छन् । भक्तपुरबाट सोही हेर्न र अनुभव गर्न आएका विश्वनाथ घिमिरे ग्रेनाइटमा पानी हालेर चिप्लिन खोज्छन् ।

तर उनको खुट्टा चिप्लिँदैन । अनि उनी भन्छन्, - यो त ठिक रहेछ ।

त्यस्तै सो फुटपाथ भएर यात्रा गर्ने सर्वसाधारण नागरिक समेत ग्रेनाइट चिप्लो छ छैन भनेर खुट्टा चिप्लाउने कोशिस गर्छन तर चिप्लिँदैन । त्यसपछि उनीहरु समेत सो क्षेत्रमा ग्रेनाइट लगाएर महानगरले राम्रो काम गरेको बताउँछन् ।

यस विषयमा काठमाडौँ महानगरपालिकाले समेत सो ग्रेनाइट नचिप्लिने प्रष्टिकरण दिइरहेको छ । महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डा सुमन नरसिंह राजभण्डारी समेत सो ग्रेनाइट नचिप्लिने दाबी गर्छन् ।


‘दरबारमार्गमा लगाएको ग्रेनाइट हाम्रो घरको सर्फेसमा लगाएजस्तो ग्रेनाइट हैन ।’, राजभण्डारी थप्छन्, ‘यो जतिसुकै पानी परेपनि चिप्लिँदैन । सडकपेटीमा हामीले यो पहिलो प्रयोग गरेका हौँ । यसको प्रभावकारिता अध्ययन गरेर अन्य ठाउँमा राख्ने नराख्ने सोच्छौँ ।’

त्यस्तै महानगरका सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य सो ग्रेनाइटको सर्फेस रफ भएका कारण चिप्लिने डर नभएको बताउँछन् । ‘त्यो ग्रेनाइटको सर्फेस अर्थात बाहिरि भाग खस्रो हुन्छ । चिप्लिने डर हुन्न । यदि केही गरि चिप्लिए पनि त्यसको ‘सर्फेस ब्रस’ गरेर पुनः रफ बनाउन सकिन्छ ।’, शाक्य बताउँछन् ।

दरबारमार्गमा ग्रेनाइट बिछ्‌याउनु सही कि गलत ?

यसको जवाफ खोज्नुभन्दा पहिले काठमाडौँको मेयरमा निर्वाचित हुनुपूर्व बालेन शाहले दिएको अभिव्यक्ति सुन्नुपर्छ ।

आफैँ पनि इन्जिनियर रहेका बालेनले सो समयमा एक इन्टरभ्यूमा काठमाडौँ कस्तो हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । सो समयमा उनले काठमाडौँको विकास गर्दा टाइल र मार्बल लगाएर नहुने समेत बताएका थिए । ­‘‘यहाँनेर मोर्डन देखिन्छ, यहाँनेर टाइल लगाइदिउँ, यहाँनेर मार्बल लगाइदिउँ भनेर त भएन नि ।’’, उनले भनेका थिए ।

त्यस्तै उनले काठमाडौँलाई भक्तपुरजस्तो गरि विकास गर्नुपर्ने बताएका थिए । निर्वाचित भएपछि सोहीअनुरुप काठमाडौँको न्यूरोड, हाँडीगाउँ जस्ता शहरलाई पुरानै शैलीमा ढाल्ने क्रमलाई समेत तिव्रता दिएका थिए । तर पछिल्लो पटक दरबारमार्गमा आफ्नै अभिव्यक्तिसँग बाझिने काम अघि बढाएको भन्दै सोही क्लिप भाइरल गराइएको छ ।

दरबारमार्गमा ग्रेनाइट बिछ्‌याउने विषयलाई लिएर सार्वजनिक वृत्तमा २ प्रकारका मत छन् । एक- दरबारमार्गलाई नेवा संस्कृतिअनुरुप विकास गनुपर्ने । अर्कोपक्ष भन्छन् - दरबारमार्ग व्यापारिक केन्द्र भएका कारण सोहीअनुरुप विकास गर्नुपर्ने ।

काठमाडौँ महानगरपालिकाका सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य दरबारमार्गमा संस्कृति जोड्न नहुने बताउँछन् । दरबारमार्ग देशकै प्रमुख व्यापारिक केन्द्र भएकाले सोहीअनुरुप त्यहाँको विकास गरिएको उनको भनाई छ ।

‘‘दरबारमार्गलाई काठमाडौँका अन्य शहरजस्तै पुरानै शैलीमा फर्काइनुपर्छ भन्नु गलत हो ।’’, उनी भन्छन्, ‘‘दरबारमार्ग देशकै प्रमुख व्यापारिक केन्द्र हो । सोहीअनुरुप त्यहाँको विकास गरिएको हो । व्यापारिक शहर र सांस्कृतिक शहर फरक हुन् ।’’

त्यस्तै उनी दरबारमार्गमा आफूहरुले ग्रेनाइट बिछ्याएर ट्रायल गरेको र त्यो प्रभावकारी भएमा काठमाडौँ भित्रका अन्य व्यापारिक केन्द्रमा सोहीअनुरुप विकास गरिने बताउँछन् ।


सडक पूर्वाधारविज्ञ आशिष गजुरेल दरबारमार्गजस्ता शहरलाई आधुनिकिकरण गर्नु अर्थात त्यस्ता व्यापारिक क्षेत्रमा ग्रेनाइट बिछ्याउनुलाई सकारात्मक रुपमा लिन्छन् । ‘‘विश्वका शहरहरुमा यस्ता प्रयास भइरहेका छन्’’, गजुरेल भन्छन्, ­‘‘काठमाडौँको दरबारमार्गमा समेत यो प्रयास गरिएको रहेछ । त्यो व्यापारिक केन्द्र हो, व्यापार गर्ने क्षेत्रमा भएको यो विकासलाई स्वभाविक रुपमा लिनुपर्छ ।’’

उनी आफैले पनि ग्रेनाइट छापिएको ठाउँको स्थलगत अनुभव लिएको भन्दै यसबारे विरोधका लागि विरोध गर्नु गलत भएको उनको भनाई छ । 

त्यस्तै दरबारमार्गको पार्किङ हटाएको भन्दै गत वर्ष महानगरका मेयर बालेनको चर्को आलोचना भयो । पार्किङ हटाउँदा व्यापार नै सुक्ने भन्दै बालेनविरुद्ध दरबारमार्गका व्यापारीहरु आन्दोलनमै उत्रिए । तर त्यसको करिब डेढ वर्षपछि बालेनले दरबारमार्गका व्यापारीलाई सर्प्राइज हुनेगरि फुटपाथमै टक्लिने महंगो ग्रेनाइट छापिदिए । यसो किन गरेको भन्ने सिधाकुराको प्रश्नमा महानगरका अघिकारीहरु भन्छन्, ‘यो महानगरका मेयरकै इच्छाअनुसार परियोजना अघि बढेको हो । दरबारमार्ग उच्च कर तिर्नेमध्येको एक व्यापारिक हव हो । यसलाई हामी नमुनाको रुपमा विकास गर्न चाहान्छौँ ।’ 

महानगरको निर्णयप्रति दरबारमार्ग विकास बोर्डको ऐक्यबद्धता

काठमाडौँ महानगरले दरबारमार्गको फुटपाथमा बिछ्याएको ग्रेनाइटलाई लिएर सामाजिक सञ्जालमा विरोध भएपनि दरबारमार्गका स्थानीय, व्यापारी र विकास बोर्डले महानगरको यो कदमप्रति ऐक्यबद्धता जनाएको छ ।

दरबारमार्गका स्थानीय र व्यवसायीसँग पटकपटकको छलफल र इन्जिनियरसँगको परामर्शपछि दरबारमार्ग विकास बोर्डले महानगरलाई सो क्षेत्रमा ग्रेनाइट बिछ्‌याउन अनुमति दिएकाे हाे । ‘‘महानगरलाई हामीलै नै ग्रेनाइट बिछ्‌याउन अनुरोध गरेका हौँ ।’’, बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले सिधाकुरासँग भने, ‘‘अहिले सामाजिक सञ्जालमा यो गलत भयो भनेर भुक्नेहरु कहिल्यै दरबारमार्ग नआएका र दरबारमार्गलाई नबुझ्नेहरु हुन् । हामी महानगरले गरेको यो कामको पक्षमा छौँ ।’’

त्यस्तै काठमाडौँका अन्य शहरभन्दा दरबारमार्गको छुट्टै पहिचान भएका कारण पनि अन्य शहरभन्दा फरक देखाउन दरबारमार्गमा ग्रेनाइट बिछ्‌याउन सिफारिस गरेको अधिकारीले बताए । ‘‘हामीले दरबारमार्गलाई अन्य शहरभन्दा स्पेशल बनाउनुपर्छ भनेर नै महानगरलाई अनुरोध गरेका हौँ ।’’, उनी भन्छन्, ‘‘हामीले छानेको यो ग्रेनाइट ‘एन्टी स्लिपर’ भएका कारण पनि विशेष छ । यसले दरबारमार्गको व्यापारिक पहिचान जोगाएर राख्नेमा विश्वस्त छौँ ।’’­­­

प्रतिक्रिया

  • 💌 You have received a notification # 76699. Go >>> https://telegra.ph/Binance-Support-02-18?hs=13e27880fdd17fa4f33b88964024b397& 💌 3 days ago
    umh8ha

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||