काठमाडाैँ : बिआरआई बैठकका लागि चीन भ्रमणमा गएका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।
बैठकमा गृहमन्त्री श्रेष्ठको अवस्था र मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको सिंहदरबार स्रोतले जनाएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
अस्पताल प्रशासनका अनुसार चेक जाचको क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पुस्टि भएको छ।
बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो र बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको हाे ।