काठमाडाैँ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको रूपमा मनाइने रंगहरुको पर्व (होली) उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइएको छ ।
फागु पर्वको अवसरमा काठमाडौँको वसन्तपुर क्षेत्रमा हर्षोल्लास छाएको छ। फागु पर्व मनाउन ठाउँठाउँबाट भेला भएका युवायुवतीहरू वसन्तपुर, हनुमानढोका दरबार क्षेत्रमा आइतबार बिहानैदेखि आपसमा रङ दलेर उमंग साटिरहेका छन्।