१० भदौ काठमाडौं । काठमाडौं महाागरपालिकाले अखाद्य वस्तु बेचेको भन्दै काठमाडौंको पुतलिसडकमा अवस्थित कालिञ्चोक ट्रडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरको उक्त संस्थाले ढुसी परेको कोकाकोला बेच्ने गरेके भेटेको थियो । महानगरले ७ दिनभित्र महानगरलाई जरिवाना बुझाउन निर्देशन दिएको छ । साथै अखाद्य वस्तु तुरुन्त फिर्ता लैजान, सिलबन्दी नभएको बोत्तल कम्पनीबाटै रिजेक्ट गर्न, वितरकबाट सामग्री लिंदा पूर्ण रुपमा जाँत गरेर मात्र लिन भनेको छ ।
महानगरले बजार व्यवस्थापन अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ र ‘ड’ बमोजिम कारबाही गरिएको बताइएको छ । उक्त ऐनको दफा १० ले अनुचित ब्यापारिक क्रियाकलाप रोक लगाएको छ भने दफा १९ ले मानव स्वास्थ्यलाई हानि गर्ने सडेको गलेको वा फोहरमैला वा विषादी मिश्रण गरिएको वस्तु विक्रि गर्न रोक लगाएको छ । त्यस्तै तोकिएको मापदण्ड पूरा नगरी ढुवानी, सञ्चय, भण्डारण र विक्रि वितरण नहुने उल्लेख छ ।
यसो नभएमा दफा २९ ले कसूर मान्ने गरेको छ भने दफ ३० ले जरिवानाको व्यवस्था गरेको छ । सम्बन्धीत कसूर गरेको ठहरिएमा १० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनले गरेको छ ।