काठमाडौंँ । बालमन्दिरको जग्गा अपचलन प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंँले २० जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत स्रोतका अनुसार नेपाली कांग्रेसका सम्मानित नेता गणेशमान सिंहकी छोरीदेखि विशाल ग्रुपका सदस्यहरुसमेतलाई पक्राउ पुर्जी जारी भएको छ ।
बिहीबार पक्राउ पुर्जी जारी भएकाहरुमा रीता सिंह वैद्य गोणमान सिंहकी छोरी हुन् । यस्तै, बालमन्दिरका तत्कालिन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, पूर्व महासचिव श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने र सुवासकुमार पोखरेल विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
बाल संगठनका अन्य सदस्यहरु सुमन शाक्य, मनोहरगोपाल श्रेष्ठ, दीपकदास श्रेष्ठ, कृष्णशंकर साह, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरूषोत्तमराज जोशी र कीर्तिप्रसाद पाण्डे विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
यस्तै विशाल ग्रुपका अभिनव सिंघानिया पक्राउ पर्नेकाे सूचीमा छन् । अन्य पक्राउ पर्नेहरुकाे सूचीमा श्रद्धा संघाई र सिद्धार्थ केडिया छन् ।