मकवानपुर । सरकारी स्वामित्वको एकमात्र हेटौंडा सिमेन्ट उद्योगबाट गत असोज २३ गते चोरी भएको तामाको तारसहित ३ जना पक्राऊ परेका छन् ।
मकवानपुर प्रहरीका अनुसार तामाको तार चोरीमा संलग्न भएको आरोपमा हेटौंडा–१३ का मनिराम थोकर, सन्तबहादुर तितुङ र तार खरीदकर्ता कवाडी संचालक दिलखुश कुमार साह समेतलाई नियन्त्रणमा लिई चोरी तथा डाकामुद्दा कसुरमा पक्राऊ गरिएको जनाएको छ । चोरीमा संलग्न अन्यको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
असोज २३ गते उद्योग परिसरबाट करीब २० लाख मूल्य बराबरको तामाको तार चोरी भएको उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीले बताएका छन् ।