मकवानपुर । मकवानपुरस्थित सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक सैनिकको करेन्ट लागेर मृत्यु भएको छ। पाइप गाड्ने क्रममा पाइपमाथि रहेको बिजुलीको तारले छुँदा डडेलधुरा गन्यापधुरा गाउँपालिका(१ का लेसनायक २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
डडेलधुराको अमरगढी नगरपालिका २ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत लेसनायक २९ वर्षीय विनोद केसी र पाल्पाको रामपुर नगरपालिका ६ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका छन्।