आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक भोलि भदौ ६ गते बुधबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।
सुन तस्करी प्रकरणका कारण निरन्तर अवरुद्ध हुँदै आएको बैठक आज ३ बजेका लागि समय तोकिएको थियो । तर उच्चस्तरीय छानबिन समिति बन्ने विषयमा शिर्ष दलहरुको बैठक बस्न नसकेपछि सूचना टाँसेर स्थगित गरिएको हो ।
राष्ट्रिय दलहरुले उच्चस्तरीय समिति बनाउने विषयमा सहमति गरेपनि समितिको संरचना भने टुंगिएको छैन ।