काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू नहुने बताएका छन् । बिहिबार संसदमा बोल्दै सभापति लामिछानेले युवाहरुको समूहले एक भिडियो बनाएर सचेत बनाउने क्रम रहेको भन्दै आफू र आफ्नो पार्टी भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादको विपक्षमा रहेको बताएका छन् ।
‘हिजो साँझदेखि अहिलेसम्म मेरो फोनमा करिब २ हजार जति कल आएका छन् । अधिकांश युवाहरुले कल गरेका छन् । सामाजिक सञ्जालमा एउटा भिडियो बनेको रहेछ, जहाँ युवाहरुले चिन्ता व्यक्त गरेका रहेछन्, जसमा भ्रष्टाचारका मुद्दामा ५ वर्षे हदम्याद लगाउने विषयमा युवाहरुले चिन्ता व्यक्त गरेका रहेछन् सचेत बन्न आग्रह गरेका रहेछन् । यी व्यक्तिहरु समितिमा सहभागी भएका छन् यिनीहरुलाई कल गर्नु भनिएको रहेछ । भिडियो बनाएर सचेत गराउने ती युवाहरुलाई म धन्यवाद दिन चाहान्छु’, लामिछानले भने, ‘उहाँहरुको संशय रहेछ, कतै यो बिल पास हुने त हैन रु म यो सदनमा स्पष्ट पार्न चाहान्छु । म आफ्नो तर्फबाट र दलको तर्फबाट यो सिंगो सदन र देशलाई जानकारी गराउन चाहान्छु कि भ्रष्टाचारका मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन । नो इफ नो बट, हाम्रो कुरा क्लियर कट । ५ वर्षे हदम्याद लागू हुने छैन ।’