रौतहट । माध्यमिक शिक्षा परिक्षामा खटिएका पाँच जना परीक्षा निरीक्षकसहित चिट चोराउन संलग्न थप एक जनालाई रौतहट प्रहरीले पक्राऊ गरेको छ।
पक्राउ पर्नेमा पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका श्री मावि पथराका प्रधानाध्यापक राजदेवी नपा १ बस्ने ४५ बर्षीय उतिचन्द्र यादव, श्री सरस्वती मावि गढीमाई नपा ७ बस्ने २२ बर्षीय ललन राय यादव त्यसैगरी मौलापुर नपा वडा नं ६ मा बस्ने श्री निपथरा बुधराम परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४८ बर्षीय राम अमोद प्रसाद यादव, मौलापुर नपा वडा नं ६ मा बस्ने श्री शंकर मा।वि। सरमुज्वा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ बर्षीय राकेश कुमार यादव सहित श्री सरस्वती मा।वि।पिपरा परीक्षा केन्द्रमा अनुमति विना प्रवेश गरेका राजपुर नपा वडा नं १ मा बस्ने राम सोगारथ साह रहेका छन् ।
शैक्षिक सत्र २०८०/०८१ अनुसार भईरहेको एसईईको परीक्षालाई मध्य नजर राखी सामाजिक सञ्जाल ह्वाट्सएपमा एसईई ग्रुप बनाई उक्त ह्वाट्सएप लगायतका सामाजिक संजालको माध्यमबाट परीक्षामा आएका प्रश्नपत्रहरु तथा सोको उत्तर समेतको बिषयबस्तुहरु बिभिन्न सामाजिक संजालमा आदान प्रदान गरी प्रश्नपत्रको गोपनियता भंग गर्ने, आफू परीक्षा निरीक्षकको रुपमा खटी स्वयम् आफैले चिट चोर्न लगाउने लगायतको कार्य गरी परीक्षाको मर्यादा भंग गरेकोले निजहारुलाई पक्राउ गरेको जानकारी रौतहट प्रहरीले सार्वजनिक गरेको हो।
निजहरुलाई २०८० सालको एसईई परीक्षाको मर्यादा भङ्ग गरेका कसुरदार पक्राउ गरी शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १ ९क० अन्तर्गको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको व्यहोरा रौतहट प्रहरीले जनाएको छ।