काठमाडौँ । दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको र वर्तमान सरकारमा पनि प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि माइतिघरमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज अर्धनग्न जुलुस निकालेका छन् । करिब एक दर्जन प्रदर्शनकारीले माइतिघरदेखि वानेश्वरसम्म अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । उनीहरूले दलितलाई समान अवसर र अधिकारको पालना नभएको भन्दै विभिन्न नारा समेत लगाएका छन् ।
मंसिर ८, २०८१ शनिबार |