काठमाडौँ । झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन् । अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दैआएकी १८ वर्षीया एनिका अधिकारी घाइते भएकी हुन् ।
स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका एक व्यक्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनलाई गोली लागेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले शंकाष्पद व्यक्तिको खोजी गरिरहेको जनााएको छ ।
आक्रमण गरी फरार भएका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । घाइते अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।