काठमाडौं । काठमाडौंका मानन्धर समुदायले बसन्तपुरमा रंगीचंगी ध्वजासहितको तीनतले चीर ठड्याइएसँगै होली सुरु भएको छ । यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ र १२ गते भएपनि बसन्तपुरमा चीर ठड्याएसँगै होलि सुरु भएको छ ।
फागुन शुक्ल अष्टमीका दिन बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ रङ्गीचङ्गी ध्वजाले सजाइएको चीर ठड्याइपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।
बसन्तपुरसँगै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रमा पनि आजैबाट होली सुरु भएको जनाउदिने रंगीचंगी कपडा झुण्डाइन्छ ।