काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएका अध्यादेश अस्वीकृत गर्न संसदमा प्रस्ताव दर्ता गर्ने भएको छ। रास्वपाको बुधबार बसेको संसदीय दलको बैठकले अध्यादेश अस्वीकार गर्दै संसदमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
रास्वपाले अध्यादेशको प्रक्रिया र विषयवस्तुमानै विरोध गर्ने परियारको भनाई छ । प्रतिनिधि सभाको बैठक माघ १८ गते बस्दै छ ।