कार्यक्रमका लागि चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
अस्पताल प्रशासनका अनुसार चेकजाँचको क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पुस्टि भएको छ।
बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो र बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको जानकारी उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।