काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । सभामुखले प्रतिनिभिसभा बैठकको कारबाही सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसले उठेर विरोध जनाएको हो । त्यसपछि नेपाली कांग्रसेका सांसदहरुले रोष्टमअघि उभिएर नारबाजी गरेका हुन् ।
सभामुखले शुन्य र विशेष समयको कार्यसुची नरहेको जानकारी गराउँदै अवरोध नगर्न आग्रह गरेपनि कांग्रेसले आफ्नो अडान छोडेन । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसुची रहेको छ ।
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानमाथि छनाबिनका संसदीय समिति बनाउनुपर्ने माग राख्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेसको माग बमोजिम समिति बनाउने सहमति गरेपछि हिजो गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएको थियो । तर छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलमा सहमति जुट्न सकेको छैन ।