काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीको हिंसाका कारण विद्युतमा क्रान्ती रोकियो भनेपछि संसदमा एमाले र माओवादीका सांसदबीच चर्काचर्की परेको छ । योगेश भट्टराईले विशेष समयमा बोल्दै गर्दा माओवादीको हिंसाका कारण विधुत प्राधिकरणमा हुनुपर्नेजति विकास हुन नसेकको बताएका थिए । उनले ‘१० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो’ भनेका थिए ।
त्यसपछि माओवादी सांसद माधव सापकोटाले सो ‘हिंसा’ भन्ने शब्द अमर्यािदत भएकाे भन्दै नियमापत्ति जनाएका थिए । केहीबेर एमाले र माओवादी सांसदहरुबीच चर्काचर्की चलेको थियो । माओवादी संसल देवेन्द्र पौडेलले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरे ।
यता एमालेका योगेश भट्टराईले हिंसा शब्दलाई झन् दोहोर्याएका थिए । सभामुख देवराज घिमिरेले उक्त शब्दबारे छानबिन गर्न सचिवालायलाई निर्देशन दिएका छन् ।