काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले पीडित बालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएर मर्नु परेको बताएका छन् । सोही कारण उनले बालदिवसको शुभकमना दिन नसकेको भन्दै प्रधानमन्त्रीलाई नै शुभकामना टक्राएका छन् ।
शनिबार परेको बालदिवशको दिन उनले सामाजिक सञ्जालमार्फत सो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।'