काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो ।
बैठकले उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उपसभामुखले संसदलाई नै अपमानित गरेको र मुलुकको शिर झुकाउने काम गरेको कांग्रेसको निष्कर्ष छ ।
कांग्रेसले यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बताए को छ।