काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसल मनिष झाले नेपालीलाई शरणार्थी बनाएर विदेश पठाउँदा नेपालको शिर किन झुकेन ? भनी प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त प्रश्न गरेका हुन् ।
आज भर्खर नेपाली कांग्रेसको केही अभिव्यक्ति आयो कि नेपालको शिर झुकाउने काम भयो भनेर । ‘नेपालको शिर त्यो बेला किन झुकेन जुनबेला जिवित नेपालीलाई नै विदेशी शरणार्थी भनेर पठाइयो ? त्यो बेला शिर झुकेन ?’ उनले प्रश्न गरे, ‘नेपालको शिर त्यो बेला किन झुकेन जब एउटा मन्त्रीले सरकारी जग्गा हडपेर तिर्नुपर्ने आनाकानी गरिराछ...’ । त्यसपछि झा ले बोल्ने समय सकिएको थियो ।
आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले उपसभामुखका कारण देशको शिर झुकेको भन्दै राजीनामा मागेको थियो ।
झाले उपसभामुखले लेखेको पत्रलाई १९ महिनापछि रानीतिक मुद्दाका रुपमा चर्चा गरिएको पनि बताए। उनले बागर्नेनिङको लागि सो पत्र प्रयोग गरिएको आरोप लगाए।