काठमाडाैँ। ललितपुरको ढोलाहिटीमा भएको ग्याङ फाइटमा २ जनाको हत्या गरेको अभियोगमा ५ जनालाई कर्तव्य ज्यानमा मुद्दामा अनुसन्धान गर्ने तयारी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।
आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको एक खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाहरुबिच ग्याङ् फाइट हुँदा पूजन राई र रोबस राईको मृत्यु भएको थियो । उनीहरुमाथि चक्कु प्रहार गरेर हत्या गरेको अभियोगमा ललितपुर प्रहरीले ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको बताएको छ । अभियुक्त रहेका ५ जनाविरुद्ध मुद्दा चलाउने तयारी भएपनि एकजना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खोटाङका विजय राई र सुलभ राई, भोजपुरका विशाल हाड मुकारूङ राई र काठमाडौँका हाड राई पक्राउ गरेको छ । विजय राई र सुलभ राई होटल संचालक रहेको प्रहरीले जनाएको छ । त्यस्तै घटनापछि राजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।