काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक संसदीय समितिको बैठकमा सहभागी भएका छन् । ओली मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् ।
सो बैठकमा आज भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।