२५ वर्षसम्म पनि सडक कालोपत्रे नभएपछि लोकमार्ग अवरुद्ध पारेर गाउँपालिका नै आन्दोलनमा

सिधाकुरा

काठमाडौँ । ट्रयाक खुलेको २५ वर्षसम्म पनि सडक कालोपत्रे नभएपछि बागलुङका स्थानीय मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका छन् ।

लोकमार्गको समस्याग्रस्त २५ किलोमिटर सडक निर्माणमा जिम्मेवार निकायहरू मुकदर्शक बनेकाे भन्दै आइतबार बिहानैदेखि जनप्रतिनिधि सहित स्थानीय हरुले सडक बन्द गराएका हुन् ।

ठेकदार र लोकमार्ग आयोजनाकाे ढिलाईका बाबजुत संघीय सरकारले समेत बेवस्ता गरेपछि आन्दोलनको संयोजन स्थानीय सरकार काठेखोला गाउँपालिकाले नै गरेको छ ।

दुई वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएका निर्माण कम्पनीले ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि कालोपत्रे गरेकाे छैनन् । सडककाे दुइ खण्ड मध्ये एक खण्डको ठेक्का तोडिएको छ भने अर्काे खण्डमा थपिएको म्याद सकिइसकेको छ ।

'पुराना ठेक्का तोडिएपछि नयाँ ठेक्का प्रक्रिया सुरु गर्न दबाब दिन लोकमार्ग आयोजना कार्यालयदेखि अर्थमन्त्रालयसम्म पुग्दा पनि आश्वसान बाहेक ठोस जवाफ पाएनौ', काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले सिधाकुरासँग भने,'जनतासँग सडकमा निस्कन बाहेक हामीसँग विकल्प रहेन' ।


यस अघि पनि लोकमार्गको निर्माणलाई गति दिन विभिन्न रचनात्मक दबाबका कार्यक्रम गर्दै आएपनि सुनवाई नभएको काठेखोला गाउँपालिका ६ का वडा अध्यक्ष बृहस्पति कँडेल बताउँछन् ।

'जिल्ला प्रशासन कार्यालयमा लोकमार्ग आयोजना कार्यालय, निर्माण कम्पनीसहित धेरै पटक सर्वपक्षीय बैठक भए, सहमति भए तर कार्यान्वयनमा भने हामीलाई पनि ढाँटियो', वडा अध्यक्ष कडेलले गुनासो गरे ।

'सडक बन्द गर्नपूर्व एक सातासम्म प्रशासन देखि प्रदेश सरकार र संघीय सरकारलाई समेत औपचारिक जानकारी गराउँदै लोकमार्गनै बन्द गराउनु पर्ने अवस्थामा नपुर्याउन आग्रह गरेका थियौँ' वडा अध्यक्ष कँडेलले भने तर सुनवाई भएन ।

आइतबार बिहानै देखि लोकमार्गको बिहुँखण्डमा जनप्रतिनिधि र स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् । संघिय सरकार र लोकमार्ग आयोजनालाई दबाब दिन आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण हुने काठेखोला गाउँपालिका ५ का वडा अध्यक्ष ज्ञामनाथ कडेलले बताए ।

'२५ वर्षमा कृषि सडकबाट लोकमार्ग बन्यो, झन् दुख थपियो'

२०५६ सालमा बागलुङ बजारसँग पश्चिम क्षेत्रलाई जोड्ने कृषि सडकका रुपमा गैँची र बेल्चाले खनेर निर्माण सुरु गरिएको थियो । पछि यहि सडकलाई मध्यपहाडी पुष्पलाल लोकमार्गको रेखाङ्कनमा राखेर स्तरोन्नति सुरु भएको थियो । मध्यपहाडी नामकरण पछि स्तरवृद्धिलाई लागि सडक भत्काउनै १० वर्ष बितेको छ।

बागलुङ देखि बुर्तीबाङसम्मको १४२ किलोमिटर मध्ये सदरमुकाम समेत रहेको बागलुङ नगरपालिकासँगै जोडिएको काँठेखोला गाउँपालिकामा पर्ने २५ किलोमिटर सडकको दुराअवस्था छ ।

'पहिला सानो सडक हुँदा पनि धुलाम्मे थियो, सडक फराकिलो पार्न खन्न लागेको १० वर्ष भयो त्यसपछि झनै धुलो र हिलोको सास्ती बढेको छ,' स्थानीय हरिलाल निउरेले गुनासो गरे, 'सडक खनेर छोडिएको छ, बर्खामा हिलाम्मे हुन्छ, हिउँदमा धुलाम्मे, निउरे भन्छन्, सडकले निम्त्याएको पहिराले गाउँनै रित्तिन लागिसके ।'

अर्का स्थानिय रामप्रसाद कडेलले  भने  'सडक आएपछि गाउँ फेरिएको छ, मान्छे शहर झरेका छन तर धुलो उस्तै छ,' उनले भने, ' २५ वर्ष अघि भिरालो जमिनमा सडक खन्दा निस्केको माटो बगाउँदा धुलाले गाउँ छोप्थ्यो अहिले सवारी कुद्दा उडेको धुलोले छोपिन्छ ।'

“खाना पस्केर केही बेर छोड्ने हो भने धुलोले खानै नहुने हुन्छ, अरु दुःखका के कुरा गर्नु र”, स्थानीय डिलप्रसाद सापकोटाले गुनासो गरे, “एक दुई दिन भए पो सहनु, २५ वर्ष भयो ।”

सिजनमा ७ करोडसम्मको सुन्तला बेच्ने बिहुँमा धुलोले सुन्तलाको बगाननै छोपिएका हुन्छ । पहिला व्यापारीहरू बगानमै सुन्तला रोज्न आउँथे अहिले आफै टिपेर दिदाँ पनि लिन नआउने गरेकाे स्थानीयकाे गुनासो छ। 

ठेक्कामा गोलमाल

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको १२ किलोमिटर सडक खण्डका जिम्मा लिएको सूर्य कन्सट्रक्सनसँगको सम्झौता ३ महिना अघिनै रद्द गरिएको छ । बाह्र किलोमिटर सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुनः ठेक्का आह्वान गरिएको छैन ।

समस्याग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौर देखि घोडाबाँधेसम्मको २५ किमि सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीमध्ये बिहुँ खण्डको कम्पनीसँग दुई महिनाअघि ठेक्का सम्झौता रद्द गरिएको थियो ।

बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्डको जिम्मा लिएको सिद्दिसाही जेभिसँगको ठेक्का सम्झौता मिति सकिएको छ । रद्द भएपछि पुनः ठेक्का लागि अर्थ मन्त्रालयमा पठाइए पनि मन्त्रलायले फाइल रोकेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारी बताउँछन् ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....