सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षामन्त्री राईको आग्रह

सिधाकुरा

२१ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरोकारवालासँग भएका सहमति र मागलाई ध्यानमा राखेर विद्यालय शिक्षा विधेयक, २०८० पारित गराउन आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा विधेयकमाथिका सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री राईले सदनमा विधेयक दर्ता भइसकेपछि नेपाल शिक्षक महासङ्घलगायत पक्षहरुले गरेका आन्दोलनपछि भएका सहमतिबारे जानकारी गराए । 

सो विधेयकमाथि शुक्रबारको बैठकमा सैद्धान्तिक छलफलमा भएको थियो । विधेयक सदनमा प्रस्तुत भइसकेको अवस्थामा फिर्ता लिएर पुनः ल्याउनुभन्दा भएका सहमतिलाई सार्वभौम सदनले विचार गर्ने अपेक्षाका साथ महासङ्घसँग सहमति गरिएको जनाउँदै विधेयकमा भएका व्यवस्था संविधानसम्मत भएको बताए । 

उनले विधेयकमा निजी विद्यालयले चाहेमा गुठीमा जान सक्ने र नयाँ निजी विद्यालय खोल्दा गुठीमा जानुपर्ने प्रबन्ध गरिएको बताए। माध्यमिक तहको विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिँदा  सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारका संवैधानिक अनुसूचीलाई पनि ख्याल गरिएको उनको भनाई छ । अर्थतन्त्रले धान्ने र संविधानले मान्ने खालका उपयुक्त र जायज कुराप्रति सरकार सदैव सकारात्मक रहेको र सांसद्हरुबाट संशोधनका क्रममा त्यसअनुसार सम्बोधन हुने अपेक्षा रहेको बताए । 

मन्त्री राईले पारित हुने विधेयकका आधारमा गुणस्तरीय शिक्षाका लागि परिवर्तित पाठ्यक्रम लागू गर्न आवश्यक रहेको औल्याउँदै समसामयिक विश्वको मानव ज्ञानको उचाइलाई नेपालका पाठ्यक्रममा प्रकट हुनुपर्ने जनाए । मन्त्री राईले राष्ट्रिय परीक्षा बोर्ड र शिक्षक सेवा आयोगलाई स्वायत्त बनाउन विधेयकले व्यवस्था गरेको उल्लेख गर्दै प्रदेशको मातहत रहने गरी जिल्लास्थित शिक्षा कार्यालय कायम गर्दा संविधानविपरीत नहुने जिकिर गरे। उक्त कार्यालय पुरानो जिल्ला शिक्षा कार्यालय नभएको स्पष्ट गर्दै उनले माध्यमिक शिक्षा परीक्षा (एसईई)बारे थप छलफल गर्न सकिने धारणा राखे ।  

“सुयोग्य, कर्मठ र दक्ष शिक्षक आवश्यक छ भन्नेमा मेरो सहमति छ । शिक्षकलाई निजामती सरहको सुविधा चाहिन्छ भन्नेमा सरकार स्पष्ट छ”, मन्त्री राईले भने, “शिक्षक महासङ्घले उठाएका माग र भएका सहमति हामीले सम्मानित सदनमा राखिदिन्छौँ भनेर उहाँहरुलाई भनेका छौँ । यसमा सदनले आफ्नो प्रक्रिया र अधिकारबमोजिम विचार गरोस् ।”

उक्त विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । मन्त्री राईले विधेयक ल्याउनु अगाडि नेपाल शिक्षक महासङ्घ, विद्यालय कर्मचारी, निजी विद्यालय सञ्चालन सबैसँग छलफल गरिएको तर त्यो छलफल पर्याप्त नभएको परिणामले देखाएको स्वीकार गरे । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा....

  • ‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SIDHAKURA ||
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • Private video
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....
  • जो*खिमपूर्ण हवाई यात्राः असुरक्षासँगै मुलुककै ब*दनामी|| SIDHAKURA || THE REPORTER ||
  • अण्डामा ठगी : एउटा अण्डाको मूल्य २४ रुपैयाँ ! || SIDHAKURA ||
  • कसरी ख_ स्यो हेलिकप्टर ? || गोठाला गएका स्थानीयले जे देखे...|| SIDHAKURA....
  • पहिलो पटक घटनास्थल पुग्दा जे देखियो...|| DYNASTY HELICOPTER || GROUND ZERO ||
  • चौधरी समूहले स्वीकार्यो वाइवाइको गुणस्तरमा भएको कमजोरी || || SIDHAKURA ||
  • सार्वजनिक बसमा सवार रविलाई यात्रुको प्रश्न, ‘यो स्टण्ट किन् ?’ || SIDHAKURA....
  • रिंकी जैसवाल प्रकरणः घरमा पुग्दा माइती पक्षले जे देखे || Rinki Jaiswal....
  • कुलेश्वरमा बाढी : खाने, बस्ने सबै बगायो, पसल डुबानमा || SIDHAKURA ||
  • स्थलगत रिपोर्टिङ : काठमाडौँमै मध्यरातमा जब घरभित्र बाढी पस्यो... || SIDHAKURA ||
  • डीआईजी मनोज केसीसँग डराएको सत्ता || THE DIG FEAR ||
  • नेपालमा उड्ने ७० जहाज, कुन कति पुराना ? || AGE STUDIES OF....

Current Affairs

सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री....

  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||
  • काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक LIVE
  • गाउँमा लााास उठाउने कोही भएनन्अनि मनमायाले काँध थापिन् || SIDHAKURA ||
  • २०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौँः रवि लामिछाने ||....
  • BIG SCAM श्री केश तेल EXPOSE: झुटाे लालच देखाएर लाखाैँ उपभाेक्ताबाट कराेडाैँ....
  • बालेनले गरे नगर प्रहरीको प्रशंसा || SIDHAKURA ||
  • तीनसय वर्ष पुरानो हनुमान नाच.... || SIDHAKURA ||
  • एमाले र माओवादीबीच संसदमा हङ्गगामा || SIDHAKURA ||
  • टुँडिखेलमा नेताको विरोध गर्दा पक्राउ परेको युवालाई तत्काल रिहा गरः रास्वपा सांसद....
  • प्रतिनिधिसभा बैठक LIVE
  • टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने || Rabi Lamichhane....
  • मुकुल ढकाल साधारण सदस्यसमेत नरहने गरी रास्वापाबाट निष्कासित || SIDHAKURA ||
  • टुँडिखेलमा देखिएको नेताप्रतिको जनआक्रोस || SIDHAKURA ||
  • नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’
  • देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ || Sher Bahadur Deuwa angry with....
  • ‘अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन’–प्रधानमन्त्री ओली || SIDHAKURA ||
  • डेडिकेडेड र ट्रंकलाईनबारे छलफलका क्रममा लेखा समितिमा चर्काचर्की, कसले के भने ?....
  • डेडिकेडेड र ट्रंकलाईन विवाद: ९ वर्षदेखि पैसो नउठाउलेलाई कारबाही गर्नुपर्छ– गोकुल बास्काेटा....
  • नयाँले जथाभावी बोल्छन् भन्ने आरोपछि लेखा समितिमा कड्किए हरि ढकाल || SIDHAKURA....