काठमाडौँ । उच्च अदालतमा चलिरहेको सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।
तर मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । झझी आदेश दिने न्यायाधीशले फेरि सोही मुद्दा हेर्न नमिल्ने भएको हो ।
जिल्ला अदालत काठमाडौँले गत पुस २५ गते बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।