रौतहटको इशनाथ नगरपालिकामा शनिबार साँझ ५ बजेदेखि लगाइएको कर्फ्यु आज पनि जारी छ ।
सरस्वती पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा दुई समुदायबीच विवाद उत्पन्न हुँदा झडप भएपछि शनिबारबाट कर्फ्यु जारी गरिएको थियाृे । उक्त कर्फ्यु जारी राख्दै सुरक्षा व्यवस्था कडा पार्न व्यापक सुरक्षाकर्मी परिचालन गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन्। उनका अनुसार जिल्लामा करिब ७ सय प्रहरी परिचालन गरिएको छ ।
रौतहटको पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो ।