काठमाडाैँ। कोसी प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री भएकै समयमा मानव तस्करी गरेको आरोप लागेका एमालेका सांसद लीलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतले अधिकारीलाई मानव तस्करी तथा सरकारी लिखत किर्ते कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।
अधिकारी आइतबार विराटनगरबाट पक्राउ परेका हुन् । पहिलो दिन उनलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। अधिकारी मोरङ क्षेत्र नं २ (ख) बाट निर्वाचित एमालेका सांसद हुन्।