काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरण पाँचौ पटक उद्घाटन भएपछि प्रधानमन्त्रीलाई व्यंग्य गरेका छन् ।
बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिहंदरबारस्थित कार्यालय परिसरमा धारा खोलेर मेलम्चीको पानी पाँचौपटक वितरणको उद्धाघटन गरेका थिए ।
पुन:काठमाडौँ आयो मेलम्चीको पानी, प्रधानमन्त्रीले सिंहदरबारमा गरे पाँचौ शुभारम्भ
मेयर बालेनले फेसबुकमा एउटै परियोजना बारम्बार उद्धाघटनको विश्वकीर्तिमान कायम गरेको भन्दै एउटै मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार भन्दै स्टाटस लेखेका छन् ।
बालेनले प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनविना राजनैतिक स्टन्टका लागि मात्रै भएको दाबी गरेका छन् । साथै उनले मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडीमात्रै भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।’