काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगि प्रकरणमा लामिछानेको संलग्नता रहेको दावी गरेका छन् । संसदीय समितिमार्फत कांग्रेसको दावी झुटो भए आफु राजनीति छाड्न तयार रहेको उनले बताए ।
थापाले संसदीय छानविन समितिबाट सरकार भागेको समेत आरोप लगाए । उनले राज्यको निकाय परिचालन गरेर कांग्रेसले लगाएको आरोपको ढाकछोप गर्ने काम भएको धारणा राखे । संसदमा कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने तयारी गरेको भए पनि त्यसपछि कांग्रेसका कसैले पनि बोल्न नपाउने भनेकाले विरोध जनाएको उनको भनाई छ ।
महामन्त्री थापाले गृहमन्त्रालयले सवै प्रमाण लुकाउने काम गरिसकेको अराोप पनि लगाए ।