काठमाडौँ । दुर्गा प्रसाईंले आफूलाई प्रहरीले होम अरेष्ट गरेको दाबी गरेका छन् ।
भक्तपुरको ठिमीस्थित निवासमै पत्रकार सम्मेलन गर्दै उनले भने, म अहिले होम अरेस्टमा छु ।
उनले आफूलाई गिरफ्तार गरे पनि आन्दोलन नरोकिने बताए । ुमलाई सक्नुहुन्छ भने प्रहरी हिरासतमा लानुस् । केही फरक पर्दैन, उनले भने ।
उनको घर भित्र बाहिर सुरक्षाकर्मी बाक्लो उपस्थिति रहेको छ ।