विराटनगरमा कवाडी गोदाम भएको आगलागीमा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
बुधबार दिउँसो विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी भएको थियो । उक्त आगलागीबाट सख्त घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा विराटनगर ७ का दीपक मण्डल, सुशीला पासवान र सुनीता कामत रहेका छन् । त्यस्तै उक्त आगलागीमा परि घाइते भएको रीता सरदार र पिंकी कामतको काठमाडौँको कीर्तिपुरस्थित वर्न सेन्टरमा उपचार भइरहेको छ ।